करणीको मुद्धा झेलेका मल्लको अनुसन्धान अन्तिम चरणमा
पाेखरा | असार १६, २०७९
पोखरा : जबरजस्ती करणी उद्योगको मुद्धा झेलीरहेका श्याम मल्लको अनुसन्धान अन्तिम चरणमा पुगेको कास्की प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार केही दिनमै अनुसन्धान सकिने छ । ‘त्यो केसको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘अनुसन्धान सकिएलगत्तै आवश्यक प्रमाण सहित मल्ललाई वकिल कार्यालय हुदै अदालतमा पेश हुन्छ । र मुद्धाको छिनोफानो हुन्छ ।’
पोखरा महानगरपालिका ८ स्थित मल्ल फर्निचरका सञ्चालक मल्लले एक किशोरीलाई करणीको प्रयास गरेको आरोपमा प्रकाउ परेका थिए ।
पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणीको प्रयास गरेको आरोपमा प्रकाउ गरेको थियो ।
स्रोतका अनुसार थुनामा रहेका मल्लले गत कार्तिक फिल्ममा खेलाउने भन्दै किशोरीलाई होटलमा लगेर करणी प्रयास गरेका थिए । त्यसपछि मल्लले किशोरीलाई सामाजिक सञ्जालमा एसएमएस गर्ने र फोनमार्फत प्रलोभन देखाउँदै आएको बताइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

